दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड ०८० को आवेदन फारम खुल्ला
काठमाडाैं | फागुन ७, २०७९
काठमाडौँ: बिरिसु मिडियाको आयोजनामा हुन लागेको “दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड –२०८० को आवेदन फारम खुल्ला भएको छ ।
काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । अवार्ड ८० बिधामा गर्न लागिएको र अवार्डको लागि २०७९ फागुन ६ गतेदेखी चैत्र ११ गते सम्म फारम खुल्ला रहने छ । अवार्डको टप ५ नोमिनेशन चैत्र २५ गते शनिबार सार्वजानिक गरिने बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए ।
आवेदन फारम अनलाइनबाट दर्ता गर्नको लागि कmकब।दष्चष्कगलभधक।अयm क्लिक गरी भर्न सकिने र फारम दर्ता शुल्क अनलाइनबाट भुक्तानी गर्न सकिनेछ ।
साथै अवार्डको आवेदन फारम भर्नको लागि बिग परिवेश स्टुडियो अनामनगर ९८५१०५३०५२(मनोज डंगोल), डाँडापारी सन्देशको कार्यालय बनेपा ९८४९८७८१८४ (इकमान लामा), विराटनगर ९८४३८३३३९२ (ज्ञान गुरुङ), पोखरा (सुदर्शन रन्जित ९८०६६०२५००), इटहरी पुर्वान्चल रेकर्डिङ स्टुडियो (रुद्र श्रेष्ठ ९८१५३०६७१७), गोङगबु ९८४१६१६९९७(लक्षु प्रकाश मल्ल), ९७६२४५२२९७(बिरिसु मिडिया) , बौद्ध ९८६५०९१२१९(बैरागी मोक्तान), नरेन भट्टराइ कमलादी ९८४८७९८००३, ९८५११९५२९० (प्रकाश बराइली) लाई सम्पर्क गर्न सकिने आयोजक पक्षले बताएको छ ।
अवार्डमा २०७७ चैत्र २५ गतेदेखी २०७९ चैत्र ११ गतेसम्म भित्रका गीत संगीतलाई समावेश गरिने छ । फारम दर्ता शुल्क नेपालबाट एक हजार रुपैँया र बिदेशबाट १५ सय रुपैँया लाग्नेछ । अवार्डमा एस. एम. एस.भोटिङ्बाट आएको अंकलाई ५० % र जुरिको निर्णय ५० % हुने आयोजक टिमले बताएको छ । मिडिया संयोजनको जिम्मा सञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ती’ ले लिएका छन ।
गीत संगीत, टेलिसियल र त्यस सँग सम्बन्धित सबै पक्षलाई समिटेर यस अवार्ड गर्न लागिएको गर्न लागिएको र यस क्षेत्रमा योगदान पुर्याउनुहुने सबैलाई सम्मान, हौसला, प्रेरणा साथै अवार्ड समेत प्रदान गरिने बिरिसु मिडियाका अध्यक्ष लोप्चनले बताए । अध्यक्ष लोप्चनले समाजमा विशेष योगदान दिदै आएका खेलकुद, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रका व्यक्तीहरुलाई सम्मान गरिने बताए । डिबी बम्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त पत्रकार सम्मेलनमा कलाकार, पत्रकार एबं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहको थियो ।कार्यक्रम सञ्चारकर्मी राजाकुमार रायमाझीले सञ्चालन गरेका थिए ।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

